काभ्रेमा ३ करोडको बोधिचित्तको रुख काट्ने व्यक्ति पक्राउ
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले ४ युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका छन् |
गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो ।रुखधनी ठाकुरानी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो ।
उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु ३ करोडमा बिक्री गर्न बैना गरिएको थियो | घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।