३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्दै पिपुल्स पावर



Advertisement
Ads

पिपुल्स पावर लिमिटेडले एकै पटक गर्न लागेको छैठौँ र सातौँ वार्षिक साधारण सभाका  मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर  निष्काशनको प्रस्ताव पारित गर्न बैशाख १७ गते लिसारा बैडक्यौट हल, नक्साल, काठमाण्डौंमा बिहान १० बजे सभा बोलाएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १ सेयर बराबर ०.५ का दरले (६३,२६० कित्ता शेयरको ५० प्रतिशत ३१,६३,००० कित्ता ) हकप्रद सेयर निष्काशनको तयारी गरेको हो । हकप्रद सेयर वितरण पश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि पूँजी बृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीको संम्बन्धित दफाहरुमा संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ।


Advertisement

सभाले हकप्रद निष्कासनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ । यसका साथै संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्नेछ ।

सभामा संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर