ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको हो ।कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाडौंको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत पुँजी तथा जारी पुँजी वृद्धि गर्ने, सहायक कम्पनी र अन्य परियोजनामा लगानी गर्ने, स्वतन्त्र सञ्चालकसहित सञ्चालक नियुक्ती गर्ने लगायतका अन्य विविध प्रस्तावहरु पारित गरिनेछ ।
ह्वाइट लोटस पावरले जारी पुँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ अंकित मुल्यका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ ।