होटेल सेक्टरमा आएको चमकले पाउला त निरन्तरता ? प्राविधिक रुपमा हेर्दा के देखिन्छ ?



Advertisement
Ads

होटेल एण्ड टुरिजम सेक्टरमा जम्मा ६ कम्पनीहरु सूचिकृत छन्। यी कम्पनीहरुको तेस्रो त्रैमासको वित्तिय विवरण आउने क्रम जारी छ। तारागाउँ रिजेन्सी होटेल, सोल्टी होटेल र सिटि होटेलको वित्तिय विवरण प्रकाशित भईसकेको छ। पोहोर सालको तेस्रो त्रैमासको तुलनामा यी कम्पनीहरुको नाफा बढेको विवरणहरु आईरहेका छन्।

होटेलहरुको राम्रो रिपोर्ट आउँदै गर्दा होटेल सेक्टरका कम्पनीहरुको सेयर मूल्यमा पनि चमक देखिएको छ। बिहिबारका दिन उच्च कारोबार रकम सहित यो सेक्टरका ६ वटै कम्पनीहरुको मूल्य ५ प्रतिशत भन्दा धेरैले बढे। सबैभन्दा धेरै ओरियन्टल होटेलको ८.४६ % र सबैभन्दा कम कालिञ्चोक दर्शन लिमिटेडको ५.०६% ले मूल्य बढ्यो।
होटेल सेक्टरमा आएको बढोत्तरी क्षणिक हो कि होटेल सेक्टर केहि माथि नै जानसक्ला त ? प्राविधिक रुपमा हेर्दा चाहिँ के देखिन्छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ।


Advertisement

पुष ४ गतेका दिन होटेल इन्डेक्स ६१८० को बिन्दुसम्म पुगेको थियो। त्यसपछि होटेल सेक्टरमा गिरावट आउन थाल्यो र यसले डाउन ट्रेन्ड समात्यो। होटेल सेक्टरले लोअर लो र लोअर हाई बनाउँदै गयो। कारोबार पनि ड्राई हुँदै गयो। यो बीचमा माइक्रो फाइनान्स, फाइनान्स लगायतका सेक्टरका कम्पनीहरुहरुमा चमक देखिए तापनि होटेल सेक्टरका कम्पनीहरुको मूल्य भने घट्दो क्रममै थिए।

हाईअर हाई बन्यो :
बैशाख १८ गतेका दिन होटेल इन्डेक्स ५११२ को बिन्दुसम्म पुगेको थियो। त्यसपछि खसेर ४९१६ को बिन्दुसम्म आइपुग्यो। बिहिबारको दिन होटेल इन्डेक्स ५२६४ को बिन्दुसम्म पुगेको छ। यो संगै यसअघि बैशाख १८ मा बनेको ५११२ को हाई ब्रेक भएको छ। प्राविधिक विश्लेषणमा यसलाई हाईअर हाई बनेको भन्ने गरिन्छ। यसले मूल्य बढ्दो ट्रेन्डमा जानसक्ने सम्भावना व्यक्त गर्दछ।

ब्रेक भयो डाउन ट्रेन्ड:
पुष ४ गतेका दिन ६१८० को बिन्दुमा पुगेर खस्न थालेको होटेल इन्डेक्सले डाउन ट्रेन्ड बनाईरहेको थियो। बिहिबार ५०५० को जोनभन्दा माथि क्लोज भएसंगै डाउन ट्रेन्ड ब्रेक भएको छ। डाउन ट्रेन्ड ब्रेक भएसंगै होटेल सेक्टर अप ट्रेन्डमा जानसक्ने सम्भावना देखिन्छ।

एकुमुलेड देखियो होटेल सेक्टर :
होटेल इन्डेक्स ६१८० को बिन्दुबाट खसेर ५५०० को जोनतिर आउँदै गर्दादेखि नै एकुमुलेटेड देखिन्छ। एकुमुलेड / डिस्ट्रिब्युसन इण्डिकेटर हेर्दा इन्डेक्स घट्दै गर्दा पनि एकुमुलेसन डिस्ट्रिब्युसन इण्डिकेटर भने तलतिर लागेको देखिदैन जसले एकुमुलेटेड भएको देखाउँछ।

आरएसआईमा बुलिश डाइभर्जेन्स:
यसअघि बैशाख १३ गते होटेल इन्डेक्स ४९२० को बिन्दुमा आईपुग्दा डेली चार्टमा आरएसआई ३२ को बिन्दुमा थियो। त्यसपछी बैशाख २४ गते होटेल इन्डेक्स ४९२० को बिन्दुमै पुग्दा आरएसआई ३७ को बिन्दुमा थियो। टेक्निकल एनालाईसिसमा यसलाई बुलिश डाइभर्जेन्स भन्ने गरिन्छ। यसले बजार मूल्य बढ्नसक्ने सम्भावनालाई दर्शाउँछ।

भोलुम :
बिहिबार होटेल सेक्टरमा उच्च कारोबार भयो। दैनिक ३/४ करोडको औसतमा कारोबार भईरहेकोमा बिहिबार २८ करोडभन्दा धेरैको कारोबार भयो।

अब के हुन्छ ?
होटेल सेक्टर ५१०० देखि ५०५० को जोनसम्म फेरी पनि खस्न सक्छ। यदि त्यो जोनसम्म खसेर बढ्न थाल्यो भने त्यसलाई रिटेस्टको रुपमा लिनुपर्ने हुन्छ। यदि राम्रो कारोबार रकमसहित ५१००-५०५० भन्दा माथि माथिबाटै बढ्न थाल्यो भने त्यसले होटेल सेक्टर राम्रै बढ्ने सम्भावना बढेर जानेछ।

441002802 425176300448957 708221706401045207 n https://bajarkochirfar.com/%e0%a4%b9%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%b2-%e0%a4%b8%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%ae%e0%a4%95%e0%a4%b2 | %tags
Technical Chart

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर