हिरासतमा रहेका रविलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार



Advertisement
Ads

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति डा स्वर्णिम वाग्लेले भेटेका छन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई पुस्तक उपहार समेत दिएका छन् ।

आफूले पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरिद जकारियाद्वारा लिखित पुस्तक ‘एज अफ रिभोल्युसन्स’ उपहार दिएको वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।


Advertisement

सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको वाग्लेकाे भनाइ छ । खासै नयाँ कुरा नआएको र लामिछानेमा मनोबल उच्च रहेको पाएको उनले उल्लेख गरेका छन् ।

 

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर