हिमालयन क्यापिटलको लाभांश घोषणा, बोनस र नगद कति ?
हिमालयन क्यापिटलले कात्तिक ४ गतेको सञ्चालक समितिको बैठकमा सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। यस निर्णयलाई पारित गर्न तथा अन्य आवश्यक निर्णयहरू गर्न कम्पनीले कात्तिक २८ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ, जसको आयोजना कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ।
सभामा, आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ७ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गरिनेछ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने, सञ्चालकहरूको भत्ता तथा अन्य सुविधाहरूमा छलफल गर्ने प्रस्ताव पनि पेश हुनेछ।
सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधनको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ।