हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको आइतबारको अन्तिम कारोबार १४३९.९० रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १३०९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार (भोलि) दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।