हाजिर जमानी अस्वीकार, रविलाई थप ६ दिन हिरासतमा राख्न अदालतको आदेश



Advertisement
Ads

रवि लामिछानेलाई ठगी र संगठित अपराधको अभियोगमा पहिलो पटक ६ दिनको म्याद थप गर्दै अदालतले न्यायीक हिरासतमा राख्न आदेश दिएको छ।लामिछानेमाथि सुर्यदर्शन सहकारीको बचतकर्ताहरूको रकम अपचलन गरी गोर्खा मिडिया प्रालीमा लगेको आरोपमा अनुसन्धान भइरहेको छ। यसै अभियोगमा नेपाल प्रहरीका पूर्व डिआइजी छवीलाल जोशी पनि प्रहरी हिरासतमा छन्, भने प्रालीका अध्यक्ष जीवी राई फरार छन्।

रविको तर्फबाट अधिवक्ताहरू डा. नारायण कँडेल र यज्ञमणि न्यौपानेले बहस गर्दै उनी भाग्ने सम्भावना नरहेको, प्रमाण नष्ट गर्ने अवस्था नरहेको, र अपचलनमा संलग्न रहेको कुनै प्रमाण नभएको दाबी गरेका थिए। उनीहरूले रविलाई हाजिर जमानीमा छोड्न माग गरे।तर, सरकारी पक्षले प्रमाण संकलन र बयानको काम बाँकी रहेको भन्दै म्याद थपको माग गरेको थियो। अदालतले सरकारी तर्कलाई स्वीकार्दै ६ दिनको म्याद थप गरेको छ। पक्राउ परेको दिन अर्थात् शुक्रवारबाट गणना हुने म्याद अनुसार रविलाई मङ्गलवारसम्म हिरासतमा राख्न अनुमति दिइएको हो।


Advertisement

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले रविको रिहाइको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरेका छन्। संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि प्रहरीले ९० दिनसम्मको म्याद पाउन सक्छ। यस्तो अभियोगमा तीन महिनाभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर