हवाई टिकटको मूल्य वृद्धि रोक्न सरोकारवालाहरू बीच सहमति, अब टिकट थोकमा बेच्न नपाइने



Advertisement
Ads

हवाई भाडा दरलाई नियन्त्रणमा राख्ने र हवाई टिकटको सहजता तथा पहुँच वृद्धि गर्न सरोकारवालाहरूबीच सहमति भएको छ। शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरण र सरोकारवालाहरूको छलफलपछि पाँच बुँदे सहमति गर्दै यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनमा १० घन्टा बन्द हुँदै आएकोले हवाई भाडा महँगिएको गुनासो बढेपछि प्राधिकरण, अन्तरमन्त्रालयका प्रतिनिधि, र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूले बैठक गरी यसबारे छलफल गरेका थिए। छलफलपछि एयरलाइन्स कम्पनीहरूले अब ट्राभल एजेन्सीलाई मुनाफा बढाउन टिकट थोकमा बिक्री गर्ने अधिकार (टीबीए) खारेज गर्ने निर्णय गरेका छन्, जसलाई सबै वायुसेवा कम्पनीहरूले पालना गर्नुपर्नेछ।


Advertisement

सहमतिअनुसार, सबै वायुसेवा कम्पनीहरूले हवाई भाडा तय गर्दा उपभोक्तालाई मर्का पर्ने गरी अनुचित भाडा नलिने प्रावधानको पालना गर्नुपर्नेछ। साथै, हवाई भाडा दर सूची तोकिएको र सार्वजनिक गर्नुपर्नेछ। ट्राभल एजेन्सीहरूसँगको सम्झौतामा निश्चित सङ्ख्यामा मात्र टिकट बिक्री गर्ने, र तोकिएको परिधिभित्र मात्र सेवा शुल्क लिने व्यवस्था लागू गरिनेछ।

बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर