हलमा शो नपाएपछि सानो संसार’का निर्माताले भने “एक-एक शो दिनुस्, घाटा हुँदैन”
https://www.facebook.com/arjunkumardangol/posts/9915759195107151?ref=embed_post
दशैंको घटस्थापनामा रिलिज भएको ‘बेहुली फ्रम मेघौली’लाई दोस्रो सातामा पर्याप्त शो नपाएपछि निर्माता निश्चल बस्नेतले हलबाट हटाएर आफ्नै ओटीटीमा रिलिज गर्ने निर्णय गरे। यस्तै, फूलपातीमा रिलिज भएको ‘ज्वाइँ साब’का निर्माताले पनि शोको अभावमा गुनासो गर्दै आएका छन्। हाल ‘सानो संसार’का निर्माताले पनि यस्तै समस्या भोग्नुपरेकोमा चिन्ता व्यक्त गरेका छन्। अहिले यो फिल्मले काठमाडौंको राइजिङ मलस्थित क्यूएफएक्स हलमा मात्र एक शो पाएको छ।
फिल्मको राम्रो ‘वर्ड अफ माउथ’ भए पनि शो नपाउँदा अर्जुन कुमारले बुधबार फेसबुकमा सबै हल सञ्चालकलाई कम्तिमा एक-एक शो दिन आग्रह गरेका छन्। उनले लेखेका छन्, “हल सञ्चालक साथीहरू, ‘सानो संसार’लाई एक-एक शो सबै हलहरूले दिनुहोस्। एक शो दिँदा तपाईंलाई घाटा हुँदैन, जुन टाइममा भए पनि हुन्छ।” फिल्मले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहे पनि शोको अभावले यसको व्यापारिक सम्भावनामा असर गरेको छ।