आजबाट हकप्रदमा बिक्रि नभएको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री गर्दै रिडी पावर



Advertisement
Ads

रिडी पावर कम्पनी लिमिटेडले हकप्रद मा बिक्रि नभएको सेयर आज अर्थात चैत २९ गतेदेखि लिलामी बिक्रि खुला गरेको छ।

कम्पनीले फागुन १८ गतेदेखि चैत ८ गतेसम्म सेयरधनीलाई १:०.५० अनुपातमा हकप्रद निष्कासन गरेको थियो। जारी भएको कुल हकप्रद सेयर मध्ये ६६ लाख ०८ हजार ८४९ (८५.३४%) मात्रै योग्य सेयरधनीहरुलाई बाँडफाँड गरिएको थियो । बाकी बिक्री नभएको ११ लाख ३५ हजार ६५७ (१४.६६% ) कित्ता सेयर लिलामी मार्फत ल्याएको हो । कम्पनीका अनुसार यो लिलामीमा जो कोहि व्यक्ति र संस्थाले आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।


Advertisement

यसमा २०८१ वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेस गर्ने सकिनेछ।  क्यापिटलको प्रधान कार्यालय नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, पोखरा, नारायणगढ, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर