सूर्यदर्शन सहकारीका सञ्चालक खनाल पक्राउ



Advertisement
Ads

सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले रामबहादुर खनाललाई पक्राउ गरेको छ।

तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज (शुक्रबार) काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो। खनाल नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सेयरधनी पनि हुन्, जसका सञ्चालक जीबी राई छन्।


Advertisement

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार, रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानको क्रममा खनाललाई पनि सोही प्रकरणमा पक्राउ गरिएको हो। उनलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइएको बोगटीले बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर