सुनको मूल्य बढ्यो



Advertisement
Ads

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ ।


Advertisement

चाँदीको मूल्य भने तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय २५ निर्धारण भएको छ ।
#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर