सुनको मूल्य केहि दिनभित्रै १ लाख ५० हजार पुग्नसक्ने
सुनको मूल्य केहि दिन भित्रमै तोलाको रु. १ लाख ५० हजार पुग्ने प्रक्षेपण गरिएको छ।
जेठ ७ गते प्रति तोला १ लाख ४२ हजार पुगेको सुनको मूल्य अहिले १ लाख ३८ हजारको आसपासमा छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले अबको केहि दिनमा सुनको मुल्य रु.१ लाख ५० हजार पुग्ने बताएका छन्। उनका अनुसार सुनमा व्यक्तिहरुले सुरक्षित लगानीको रुपमा लिने भएको कारणले सुनको मूल्य बढ्दो क्रममा छ।
शाक्यका अनुसार सुन बढ्नुको मुख्य कारणको पहिलो नम्बरमा मुद्रास्फीति हो। मुद्रास्फीति बढ्दा मुद्राको क्रय शक्ति घट्छ, जसले गर्दा लगानीकर्ताहरु सुरक्षित सम्पतिहरुमा लगानी गर्न रुचाउँछन्। सुनलाई परम्परागत रुपमा मुद्रास्फीति विरुद्दको सुरक्षित लगानीको रुपमा लिने गरिन्छ, त्यसैले सुनको मूल्य बढिरहेको छ।
सुनको मूल्य बढ्नुको दोस्रो कारणमा सेन्ट्रल बैंकको मोनिटरी पोलिसी हो। नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने पोलिसी लिएको छ जसकारण फिक्स्ड डिपोजिटमा लगानी गर्नेहरु पनि सुनमा लगानी गर्न झुम्मिदा सुनको भाउ बढ्न गएको हो। त्यस्तै विश्वका अधिकांश देशले बैंकको ब्याजदर घटाउने नीति लिएको हुँदा लगानीकर्ताहरु सुनमा आकर्षित भएको हुनसक्ने शाक्य बताउँछन्।
शाक्यले अहिले डलरको पोजिसन घटबढ भएको कारणले ग्लोबल सेन्ट्रल बैंकले डलरको सट्टा सुनलाई रिजर्भको रुपमा राखेको बताए । २०२४ को ४ महिनामा अमेरिकी केन्द्रिय बैंक ले २९० टन गोल्ड बढाएको छ जसले गर्दा जेनेरल पब्लिकमा इम्प्याक्ट परेको छ र ग्लोबल बैंकले त्यति रिजर्भ बढाएको आधारले मानिसहरुले सुनमा लगानी गरे जसकारण सुनको भाउ बढेको जानकारी उनले दिए।
उनका अनुसार सुनको भाउ बढ्नुमा जिओ पोलिटिक : रुस-यूक्रेन युद्द र मध्यपुर्बको तनाव जस्ता चलिरहेको द्वन्दले लगानीकर्ताहरु सुनमा आकर्षित भएका हुन् किन भने सुन सुरक्षित लगानीको रुपमा मानिन्छ।
विश्वभरिका केन्द्रिय बैंकहरु बिशेषगरी चिन र भारत जस्ता उदयशील देशहरुले ठूलो मात्रामा सुनको संचित बढाइरहेका छन् र यो क्रम जारी रहने आशाले सुनको मूल्य बढाउन भूमिका खेलेको शाक्य बताउँछन्।
मानिसहरुले आफ्नो क्रय शक्ति बचाउन सुनमा गर्दा लगानी सुरक्षित हुने मनासयले पनि सुनको मूल्य बढेको हो। सुन २०२४को सुरुवातमा २४०० डलर पुग्यो अबको केहि दिनमा २५०० डलर पुग्ने तोलामा (रु.१ लाख ५० हजार)पुग्ने निश्चित रहेको शाक्यको अनुमान छ। शाक्य भन्छन, ‘मूल्यमा सानोतिनो घटबढ होला तर तत्कालै सुनको मूल्य वृद्धि रोकिनु असम्भव जस्तै छ।’