सुनको मुल्यमा बढ्दो क्रम जारी, आज तोलाको कति पुग्यो ?
दसैँपछि सुनको भाउ लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज मंगलबार सुन प्रतितोला १,६५,९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा ३०० रुपैयाँले वृद्धि भएको हो। सोमबार छापावाला सुनको मूल्य १,६५,६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २,१०० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो, जसको मूल्य सोमबार २,०९५ रुपैयाँ रहेको थियो।