सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



Advertisement
Ads

नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप १३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य अब प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि असोज १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँमा पुगेको थियो, जुन त्यतिबेला पनि उच्च मानिएको थियो।


Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर