सुनको मुल्य एकैदिन १४ सयले बढ्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार तोलाको १ लाख ६६ हजार रहेको छापावाला सुन आज १४ सयले बढेर तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ। जुन हालसम्म कै उच्च हो ।
त्यस्तै शुक्रबार प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज दुई हजार ८५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।