Advertisement
Ads

सिटिजन्स बैंक इन्टरनेसनलको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



Advertisement
Ads

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१  प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिएको छ।

यसका साथै संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, एनएफआरएस बमोजिम तयार गरिएको वासलात, नाफा नोक्सानी र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमा छलफल गरी स्वीकृत गरिएको छ।

सिटिजन्स बैंकले नेपालका ६० जिल्लामा १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर