साउदीको अराम्कोद्वारा एसपीओ घोषणा, १३ बिलियन डलर उठाउने योजना



Advertisement
Ads

साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको सेयर बिक्री गर्ने घोषणा गरेको छ । अराम्कोले विहिबार १३.१ बिलियन डलर बराबरको सेयर बिक्री गर्ने बताएको हो ।

एक विज्ञप्ति जारी गर्दै अराम्कोको सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख सेयर घोषणा गरेको छ । एउटा सेयरको मूल्य ७.१२ डलर देखि ७.७३ डलर सम्म हुने बताइएको छ ।


Advertisement

अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि सेयर बिक्री सुरु हुने जनाएको छ । डिसेम्बर २०१९ मा जारी प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ) पछि कम्पनीको यो दोस्रो सूचि हो ।

कम्पनीले आईपीओको समयमा करिब २५.६ बिलियन डलर उठाएको थियो । यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो । साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक हो । बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत सेयर सरकारको स्वामित्वमा थियो ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर