सहकारी ठगी मुद्दामा रवि र छविलाल आज कास्की अदालतमा, म्याद थप या रिहाइ?



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। छविलाललाई असोज ६ गते पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरेर रातारात पोखरा ल्याइएको थियो। अनुसन्धानका लागि उनीहरूलाई थपिएको म्याद आज समाप्त भएपछि एकसाथ अदालतमा पेश गर्न लागिएको हो।

रविको पक्राउपछि रास्वपाले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ। पोखरामा विरोध प्रदर्शन गर्दै आएको रास्वपाले आज पनि रत्नचोक नजिकैको वाई चोकमा कार्यकर्तालाई प्रदर्शनका लागि उपस्थित हुन आह्वान गरेको छ। कास्की जिल्लाका सरकारी कार्यालयहरू रहेको शहीद चोक क्षेत्र निषेधित क्षेत्र घोषित भएपछि पार्टीले वैकल्पिक स्थानमा प्रदर्शन गर्न योजना बनाएको छ।


Advertisement

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ, जुन जीबी राईको नेतृत्वमा रहेको देशभरका सहकारीहरूबाट ६५ करोड रुपैयाँको प्रत्यक्ष लगानीको हिस्सा हो। रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको उल्लेख छ।

यस प्रकरणमा रविसहित १८ जनाविरुद्ध पूरक जाहेरी दिइएको छ, जसमा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुन पनि छन्। यसअघि भदौ २४ गते, सूर्यदर्शन सहकारीबाट डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, र हालसम्म ४४ जनालाई पक्राउ आदेश जारी भएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर