सरकारले सिंहदरबार वैद्यखाना चलाउन नसक्ने हो भने महानगरपालिकालाई दिनुस् : मेयर शाह



Advertisement
Ads

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसक्ने हो भने महानगरपालिकालाई जिम्मेवारी दिन आग्रह गरेका छन्। सिंहदरबार वैद्यखानाको ३०औं वार्षिकोत्सवमा बुधवार बोल्दै उनले सरकारको पूर्ण जिम्मेवारीमा यो संस्था सञ्चालन हुनु आवश्यक रहेको बताए।

उनले औषधि उत्पादनले अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने बताउँदै, बिक्री हुने उत्पादन घाटामा नजानुपर्नेमा जोड दिए। शाहले लगभग ९० प्रतिशत सरकारी निकायहरू लिजमा दिएर वा निजी क्षेत्रको दबाबमा चलाउन नचाहिएको बताउँदै, कतिपय उद्योगहरूलाई योजनाबद्ध रूपमा डुबाइने आरोप लगाए। उनले सिंहदरबार वैद्यखानाको बजेट २०५८-५९ मा ५ करोड भए पनि अहिले १ करोडमा झरेको र यो आवश्यकतासम्म पुग्न पनि नसक्ने बताए।


Advertisement

उनले ५० करोडजति बजेट छुट्याए पनि यो क्षेत्रमा अझै कमी हुने बताउँदै, आयुर्वेदिक चिकित्सा नेपालको सांस्कृतिक धरोहर भएको र सिंहदरबार वैद्यखाना जस्ता संस्थाहरू जोगाउन नसके देशको अस्तित्व नै संकटमा पर्ने बताए।

शाहका अनुसार, मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई समान दृष्टिकोणले हेरिरहेको भए पनि दुवै क्षेत्रका संस्थाहरू डुब्दै गएका छन्। उनले यस अवस्थाबारे बुझ्न र सरकारी उद्योगहरू कसरी संकटमा छन् भन्ने हेर्न सबैले सिंहदरबार वैद्यखाना भ्रमण गर्नुपर्ने बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर