समृद्धि फाइनान्सले बोलायो साधारण सभा, के-के छन प्रस्ताव?
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंसिर ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल एभोकाडो अर्किङ रिसोर्ड’ हेटौंडा, मकवानपुरमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, आज बुधबार कात्तिक २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । भोलि कात्तिक २२ गते सार्वजनिक विदा परेको छ । २३ गते शुक्रबार र २४ गते शनिबार पर्ने हुँदा त्यस दिन सेयर बजार खुल्दैन । त्यसैले आज कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।