समाज लघुवित्त ले लाभांश वितरण नगर्ने



Advertisement
Ads

समाज लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । जेठ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा  ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त नाफामध्ये २० प्रतिशतले हुने ६ लाख १४ हजार ७५० रुपैयाँ जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अर्निङमा राख्ने निर्णय गरेको छ ।


Advertisement

यस अघि कम्पनीले  १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो तर यस वर्षको नाफा सञ्चित गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर