समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।
धितोपत्र बोर्डकाे अनुमतिसँगै अब समता घरेलु लघुवित्तले १०० रुपैयाँ अंकित दरमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन गर्नेछ । कम्पनीकाे एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।