समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा ६० गुणा बढी आवेदन
समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा ६० गुणा बढी आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्म (६०.७२ गुणा बढी) २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। सिडिएसका अनुसार आवेदनको अन्तिम मितिसम्म १४ लाख ३२ हजार ४२० जनाले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
यसअन्तर्गत, कम्पनीले कात्तिक १२ गतेदेखि २० गते सम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपिओ बिक्री खुला गरेको थियो।