सभापति देउवाले भने, “ओली सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट छ”



Advertisement
Ads

  • सरकारसँग कांग्रेस असन्तुष्ट हुने कुरै छैन
  • बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो ।

सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सरकारको शुरुवाती सय दिनको कामलाई ‘हनिमुन डेज’ भन्दै प्रशंसा गरेका छन्।

“मलाई त धेरै कुराले राम्रो लाग्छ। सय दिनलाई मैले राम्रो मानेको छु। यसलाई ‘हनिमुन डेज’ भनिन्छ नि। राम्रो काम गरेको छ, गति पनि लिएको छ,” देउवाले भने।


Advertisement

विपद् व्यवस्थापनमा सरकारको भूमिका सकारात्मक रहेको पनि देउवाको दाबी छ। “बाढी-पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ। मान्छे पठाएको हो, हेलिकप्टरबाट उद्धार गरेको हो। सय दिनको काम राम्रै छ,” देउवाले स्पष्ट पारे।

ओली नेतृत्वको सरकारसँग कांग्रेस असन्तुष्ट नरहेको पनि उनले जोड दिए। “दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो। कांग्रेस असन्तुष्ट छ भनेर भ्रम फैलाइएको मात्र हो। सानातिना समस्या एउटै पार्टीभित्र पनि हुन्छ, तर यो त अर्को पार्टी हो। त्यस्तो केही छैन,” देउवाले थपे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर