संस्थापक सेयरधनीले मात्र खरीद गर्न पाउने गरी दुई कम्पनीको संस्थापक शेयर विक्रीमा



Advertisement
Ads

दुई कम्पनीले ७ लाख २५ हजार ८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छन्। सांग्रिला डेभलपमेन्ट बैंकको ७ हजार ६४२ कित्ता र कुमारी बैंकको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।सांग्रिला डेभलपमेन्ट बैंकको सेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा र कुमारी बैंकको सेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा सेयर रजिष्ट्रारको कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।


Advertisement

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर