श्वेत–गंगा हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज मिति कहिले?



श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले लाभांश प्रस्ताव नगरी मंसिर ६ गते आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे, सुकेधारास्थित सेलिब्रेसन हाइट, काठमाडौंमा हुनेछ।

कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले सभामा आठौं वार्षिक प्रतिवेदन, गत वर्षको लेखापरीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ।


Advertisement

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। कात्तिक २० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर