शतप्रतिशत हकप्रद निष्कासन गर्न बलेफी हाइड्रोले पायो अनुमति



Advertisement
Ads

नेपाल धितोपत्र बोड (सेबोन)ले बलेफी हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई सेबोनले कात्तिक ४ गते हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको गत वर्षको असोजमा सम्पन्न दशौं र एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापुँजी बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

कम्पनीले अनुमति पाएसँगै १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको  १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईएमबि  एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड भन्दा बढी रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात  कम्पनीको चुक्ता पूँजी ३ करोड ६५ लाख बढी पुग्नेछ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर