विहिबार इदउलफित्रको सार्बजनिक बिदा, सेयरबजार बन्द हुने
सरकारले विहिबार सार्बजनिक बिदा दिने भएको छ |
इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै विहिबार ‘इद-उल-फित्र’ मनाउने भएपछि भोलि सार्बजनिक बिदा दिइएको छ । गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् ।
विहिबार सार्बजनिक बिदा भएसंगै सेयरबजार पनि बन्द रहने छ |