विश्वकप लिग २ मा आज नेपाल स्कटल्याण्डसँग खेल्दै, खेल कति बजे सुरु हुने?



Advertisement
Ads

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपाल आज आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्दैछ। यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे, ग्राण्ड प्रेरी स्टेडियम, डलासमा सुरु हुनेछ।

नेपाल, स्कटल्याण्ड, र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। यता, स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १० विकेटले जीत हासिल गरेको छ।


Advertisement

नेपालले पहिलो खेलमा राम्रो ब्याटिङ प्रदर्शन गर्दै २८६ रन बनाए पनि आफ्नो स्कोरको रक्षा गर्न नसकेको कारण पराजय व्यहोरेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर