Advertisement
Ads

विदेशी वायुसेवा कम्पनीको उडान कटौतीसँगै दोब्बरभन्दा बढीले बढ्यो हवाई भाडा, श्रमिकमा मार



Advertisement
Ads

त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय १० घण्टा घटाइएपछि विदेशी वायुसेवा कम्पनीको उडान कटौतीसंगै भाडा पनि दोब्बरभन्दा बढी भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक हाल हवाई भाडाको अस्वाभाविक वृद्धिले समस्यामा परेका छन्। दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मार नेपाली श्रमिकमा परेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान कटौती गरिने भएपछि बिशेषगरि अन्तराष्ट्रिय उडान भर्ने कम्पनीहरुले अन्तराष्ट्रिय हवाई भाडा बढाएका हुन्।  यसअघि नेपालबाट दुबई जानलाई औषतमा ३२ हजार रुपैयाँ हवाई भाडा रहेकोमा अहिले बढाएर ८२ हजार बनाइएको छ। यद्दपि आन्तरिक उडान भर्ने हवाई कम्पनीहरुले भने भाडादर विगतकै कायम गरेका छन् र नबढाउने प्रतिबद्दता जनाएका छन्।

नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने भएपछि करिब ४० प्रतिशत उडान कटौती गरिएका हुन्। प्राधिकरणले रातको समय स्तरोन्नतिको काम गर्ने भन्दै आगामी पांच महिनाको लागि बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हवाई सेवा दिन सकिने भन्दै त्यहिअनुसार तालिका बनाएको छ।

 


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर