वित्तिय विवरण राम्रो आउँदा पनि किन घट्यो बजार ?



Advertisement
Ads

बैंकहरुले नाफा बढेको वित्तिय विवरण सार्वजनिक गर्दा गर्दै पनि आज बुधबार नेप्सेमा गिरावट देखियो। बैंकहरुको वित्तिय विवरण राम्रो आएसंगै बजार बढ्ला भन्ने धेरैको अपेक्षा थियो। तर अपेक्षा विपरित २०.४१ अङ्कले घटेर बजार बन्द भयो। झन् बैंकिंग सेक्टर अरु सेक्टरको तुलनामा धेरै घट्यो। २६.६२ अङ्कले (१.७०%) घट्दै बैङ्किङ्ग सेक्टर १५३९.२५ बिन्दुमा आईपुगेको छ। आज फाइनान्स र ट्रेडिङ्ग बाहेक अन्य सबै इन्डेक्सहरुमा गिरावट आयो। रिपोर्ट पछि बढ्छ भनिएको बजार किन घट्यो ? यो विषयमा हामीले सेयर विश्लेषक सुवास चन्द्र ढुंगानासंग कुराकानी गरेका छौं।

केहि दिनअघि नै रिपोर्ट राम्रै आएपनि घट्ने संकेत बजारले गरिसकेको थियो :


Advertisement

सेयर विश्लेषक सुवास चन्द्र ढुंगानाका अनुसार बजारको ट्रेन्डले ‘गुड न्युज’ ले बजारमा सकारात्मक प्रभाव पार्छ कि पार्दैन भन्ने कुराको निर्धारण गर्दछ। स्मार्ट मनीको मुभ अनुसार बजारको ट्रेन्ड बन्ने गर्दछ। यदि बजारको ट्रेन्ड सकारात्मक छ भने स्मार्ट मनी बजार बढाउन चाहन्छ भन्ने बुझ्नुपर्छ। र बजारको ट्रेन्ड सकारात्मक हुँदै गर्दा गुड न्युज आउँछ भने त्यसले बजार बढाउने सम्भावना बढी हुन्छ किनभने स्मार्ट मनीले त्यहि समाचारलाई आधार बनाएर बजारमा सकारात्मक मुभ ल्याउने सम्भावना बढी हुन्छ। तर यदि स्मार्ट मनी बजारबाट निस्किसकेको छ भने गुड न्युजलाई उसले बचेखुचेका सेयरहरु पनि बेच्ने अवसरका रुपमा लिईदिन्छ जसले गर्दा गुड न्युजले बजारमा सकारात्मक प्रभाव पार्दैन।

अहिले भएको पनि त्यहि हो जस्तो देखिन्छ। अहिले आएको बैंकहरुको रिपोर्टलाई स्मार्ट मनीले खासै सकारात्मक रुपमा लिएको देखिएन। त्यसको संकेत रिपोर्ट आउनु केहि दिनअघि घटेको बजारले गरिसकेको थियो। यदि रिपोर्ट आउनुअघि बजारमा चार्म देखिएको भए रिपोर्ट पछि बजारमा उत्साहजनक मुभ आउनसक्ने सम्भावना रहन्थ्यो। रिपोर्ट अघि नै बजारमा सेलिङ्ग आउनुले खासै राम्रो संकेत गरेको थिएन। ढुंगानाका अनुसार अरु सामान्य लगानीकर्ताले थाहा पाउने कुराहरु स्मार्ट मनीले पहिल्यै थाहा पाईसकेको हुन्छ र आफ्नो निर्णय गरिसकेको हुन्छ।

‘बुल राइड’ को लागि सेयर किन्ने अन्तिम मौका :

ढुंगानाका अनुसार अहिलेको बजार बुल आउनु अघिको ‘शेक आउट’ फेज हो। यो फेजमा बजारले लगानीकर्ताहरुलाई अत्याउँछ। यो फेजमा सेयरका कित्ताहरू साधारण लगानीकर्ताहरु बाट स्मार्ट मनी तिर केन्द्रित हुन्छ। यो फेजमा धेरैलाई यो बुल नै होईन कि जस्तो लाग्न थाल्छ। अधिकांश लगानीकर्ताहरु बजार प्रति निराश हुँदै जान्छन र यहि बेला स्मार्ट मनीले आफ्नो झोला भर्दै जान्छ। यस्तो फेज धेरै लामो समय भने नरहने ढुंगानाको विश्लेषण छ।

नेप्से परिसूचक अब धेरै नघट्ने पनि ढुंगाना बताउँछन्। २६०० को बिन्दुलाई उनले महत्वपूर्ण बिन्दुको रुपमा लिएका छन्। २६०० को बिन्दुबाट २०/३० अंकको तलमाथि हुनसक्ने तर त्यो जोन नै निर्णायक हुनसक्ने उनको विश्लेषण छ। निकट रहेको आक्रामक बुल बजारको मज्जा लिनका लागि सेयर किन्ने यो अन्तिम मौका भएको कुरामा आफू विश्वस्त रहेको पनि ढुंगाना बताउँछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर