लाभांश प्रस्ताव पारित गर्न कहिले बस्दैछ सिटिजन्स बैंकको साधारण सभा ?



Advertisement
Ads
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लाभांश प्रस्ताव पारित गर्न कात्तिक १२ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ९ बजे शुरु हुनेछ ।
सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थका लागि  ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि यस बैंकले असोज २९ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयर रधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा  लाभांश प्राप्त गर्न सक्नेछन्।

 


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर