Advertisement
Ads

रौतहटको चन्द्रपुर नगरपालिकाले २५ सहकारी संस्थाको दर्ता क्यान्सिल गर्दै



Advertisement
Ads

रौतहटको चन्द्रपुर नगरपालिकाले दुई वर्षदेखि निष्क्रिय रहेका २५ सहकारी संस्थाको खारेज प्रक्रियाका लागि सूचना प्रकाशित गरेको छ। चन्द्रपुर नगरपालिका सहकारी शाखाले सहकारी ऐन, २०७९ को दफा ६६ र ६७ बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने प्रावधानअनुसार प्रक्रिया अघि बढाएको जनाएको छ।

यी संस्थाहरूले ३५ दिनभित्र दर्ता प्रमाणपत्र, सक्कल पान प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपि, साधारण सभा भेलाको प्रतिलिपि लगायत आवश्यक कागजातसहित नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्नुपर्नेछ। तोकिएको समयभित्र सम्पर्क नगर्ने संस्थालाई खारेज प्रक्रियामा राखिने छ।

खारेज प्रक्रियामा रहेका संस्थाहरूमा चन्द्रसूर्य बचत तथा ऋण सहकारी, छहारी समाज कृषि सहकारी, कामधेनु महिला दुग्ध उत्पादन सहकारी, देवी कृषि सहकारी, सक्षम कृषि सहकारी, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी, चाँदी स्वास्थ्य सहकारी, सयपत्री बचत तथा ऋण सहकारी, सिद्धार्थ कृषि सहकारी, पारिजात साथी कृषि सहकारी, कामधेनु दुग्ध उत्पादक सहकारी, सगुन कृषि सहकारी, नुनथर कृषि सहकारी, आग्रह महिला विकास बचत तथा ऋण सहकारी, डुमरिया महिला कृषि सहकारी, शिवशक्ति कृषि सहकारी, गढीमाई कृषि सहकारी, रामायण कृषि सहकारी, कलश बचत तथा ऋण सहकारी, शिव बचत तथा ऋण सहकारी, श्रमजीवी कृषि सहकारी, गोधुली कृषि सहकारी, आंशिक कृषि सहकारी, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी, र नुनथर सूचना तथा सञ्चार सहकारी संस्थाहरू समावेश छन्।


Advertisement

नगरपालिकाले नामावली सार्वजनिक गर्दै निष्क्रिय सहकारी संस्थाहरूले दर्ता खारेज हुनबाट बच्न समयमा सम्पर्क गर्न आह्वान गरेको छ। अन्यथा, ऐनअनुसार खारेजी प्रक्रिया पूरा गरिने नगरपालिकाले जनाएको छ।

sahakari 0 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a5%8c%e0%a4%a4%e0%a4%b9%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a5%81%e0%a4%b0-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2 | registration cancellation | SACCOS

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर