रेमिट्यान्सले पार गर्‍यो २ खर्बको आँकडा: दुई महिनामा १५.२% को उछाल



Advertisement
Ads

चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्म नेपालमा २ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार, यस अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेर २६३ अर्ब १४ करोड पुगेको हो। अघिल्लो वर्ष यसै अवधिमा यो वृद्धि १८.७ प्रतिशत रहेको थियो। अमेरिकी डलरमा भने, विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ७३ करोड थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको छ। अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७६,४८५ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ रहेको छ। अघिल्लो वर्ष यस अवधिमा यो संख्या क्रमशः ७४,४५५ र ३२,००४ थियो।


Advertisement

त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २८६ अर्ब ४५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २५१ अर्ब ६५ करोड थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर