रिडी पावर हकप्रद सेयर नेप्सेमा सूचीकृत
रिडी पावर कम्पनी लिमिटेडको (RIDI) हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर नेप्सेमा आज (सोमबार) नेप्सेमा सूचीकृत भएको हो ।
शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार आठ सय रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।
#Bajarkochirfar