Advertisement
Ads

रास्वपाले गृहमन्त्री लेखकसँग भन्यो, “लामिछानेलाई थुनामुक्त गरेर निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्छ”



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा रास्वपाकी सांसद डा. चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न कुनै प्रयास नगरेको स्पष्ट पारिन्। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा उनले लामिछानेले समितिमा आफ्ना बयान र प्रमाण प्रस्तुत गरिसकेको उल्लेख गर्दै, उनी भाग्ने वा प्रमाण नष्ट गर्ने व्यक्ति नभएको बताइन्।

“गृहमन्त्रीलाई मेरो अनुरोध छ कि रवि लामिछानेलाई थुनामुक्त गरेर निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्छ,” उनले भनिन्। डा. कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो भनाइको सन्दर्भ दिँदै, ओलीले लामिछानेको सहकारी प्रकरणमा संलग्नता नरहेको बताएको तर हाल कुनै प्रतिक्रिया नदिएकोमा प्रश्न उठाइन्।


Advertisement

बैठकमा प्रधानमन्त्री उपस्थित हुने भनिए पनि उनले सहभागिता जनाएनन्।

डा. कार्कीका अनुसार, १२ लाख नेपाली जनताको समर्थन रहेको दलका नेतालाई थुनामा राख्नुलाई नागरिकको चासोको विषय बनाइएको छ। साथै, रास्वपाले न्यायपालिकालाई प्रभावित पार्न खोजेको आरोपलाई उनले अस्वीकृत गर्दै न्यायालयलाई प्रभावित पार्ने प्रयास भएको भए अदालतमा मुद्दा प्रवेश गरिसक्ने धारणा राखिन्।

“प्रहरी प्रशासन कार्यपालिकाको मातहतमा रहेको हुँदा गृह मन्त्रालयलाई रविले न्याय पाउनुपर्ने माग गर्नु न्यायालयलाई प्रभावित पार्नु होइन,” उनले थपिन्।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर