राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो तीन आर्थिक बर्षको साधारणसभा



Advertisement
Ads

राष्ट्रिय जीवन बीमा कम्पनीले साधारणसभाआह्वान गरेको छ। साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको हो।

कम्पनीले वैशाख १४ गते शुक्रबार रामशाहपथ स्थित कम्पनी कै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ


Advertisement

त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने-प्रस्ताव पेश हुने छ ।

साथै आर्थिक वर्ष २०७६/७७ २०७७/७८, र २०७८/७९ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखा परीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ ।

website scaled 1 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%ac%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर