राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजिनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा. नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएका हुन् ।
राष्ट्रपति कार्यालयले भनेको छ- ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ ।’
#bajarkochirfar