राप्रपा आन्दोलनमा घाइते ठाकुरप्रसाद डाँगीको निधन
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ ।
राजधानीको भद्रकालीस्थित सुरक्षा घेरा तोडेर अगाडि बढ्ने क्रममा नेपाल प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गरेको अश्रुग्यासको असरबाट उपचाररत बर्दियास्थित राप्रपाको मधुवन नगरपालिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको आर्मी अस्पताल छाउनीमा मृत्यु भएको हो। डाँगीकोआन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका थियो |
जुलुसले निषेधित क्षेत्र तोड्न खोजेपछि सिंहदरबार अगाडिबाट माइतीघरतर्फ जाने क्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शनमा ३० जनाभन्दा बढी मानिस घाइते भएका थिए।
डाँगीलाई आज मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।