Advertisement
Ads

राजेन्द्र महतोले खोले नयाँ पार्टी: पार्टीको नाम र चुनाव चिह्न के राखे ?



Advertisement
Ads

राजेन्द्र महतोको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका महतो, केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमा सक्रिय थिए।

महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिइएको छ। पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने निर्णय गरिएको छ। हाल अध्यक्षसहित १७३ जना केन्द्रीय सदस्य रहनेछन्।

पार्टीले चुनाव चिह्नका लागि माछा प्रस्ताव गरेको छ।


Advertisement

महतोले गत फागुनमा लोसपा परित्याग गरेका थिए, त्यसयता उनले अभियान सञ्चालन गरिरहेका छन्। यसअघि मधेसकेन्द्रित दलहरूमा सक्रिय रहेका महतोले राष्ट्रिय दलको रूपमा नयाँ पार्टीलाई आकार दिन तयारी गरिरहेका छन्। उनी यसअघि सद्भावना पार्टी (आनन्दीदेवी), राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय रहँदै आएका थिए। महतो पटक-पटक मन्त्रीको भूमिकामा समेत रहेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर