Advertisement
Ads

रवि प्रक्राउ पर्नसक्ने सूचनाकै कारण बिहिबार अन्तिममा आएको थियो नेप्सेमा सेलिङ्ग प्रेसर, अब के होला ? 



Advertisement
Ads

बिहिबारको सेयर बजार रोमाञ्चक देखियो। बहुप्रतिक्षित २७६० को बिन्दुलाई ब्रेक गर्दै उत्साहजनक ढंगले बढिरहेको नेप्से परिसूचकमा अन्तिम १ घण्टामा ३५ अङ्कको गिरावट आयो। २७८० को बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्त्यमा २७४५ को बिन्दुमा क्लोज भयो।

२ देखि ३ बजेको अन्तिम १ घण्टाको अवधिमा २ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। बिहिबार दिनभरीमा ७ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। अन्तिम १ घण्टाको अवधिमा नेप्से परिसूचकमा ३५ अङ्कको गिरावट आउँदै गर्दा कुल कारोबारको करिब ४१% कारोबार भएको देखिन्छ। उत्साहजनक रुपमा बढिरहेको बजारमा कारोबार समयको अन्त्यतिर उच्च सेलिङ्ग प्रेसर आएपछि किन बजारमा त्यस किसिमको सेलिङ्ग प्रेसर देखियो भन्ने प्रश्न उब्जिएको छ।

किन आयो अन्तिम १ घण्टामा उच्च सेलिङ्ग प्रेसर ? 


Advertisement

१. रवि लामिछाने पक्राउ पर्नसक्ने सूचना 

केहि ठूला लगानीकर्ताहरुले बिहिबार दिउँसो १:३० तिर सरकारले रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिरहेको सूचना पाए। लामिछाने पक्राउ परेको खण्डमा मुलुकमा केहि न केहि अस्तव्यस्तता र नकारात्मक माहोल बन्नसक्ने विश्लेषण गर्दै उनीहरु सेयर बेच्न थाले। वर्तमान सत्ता समीकरणमा समेत प्रभाव पर्नसक्ने भन्ने हल्ला ब्रोकर कार्यालयहरुमा फैलियो र त्यसले झनै सेलिङ्ग प्रेसर ल्याइदियो। केहि दिन अघि प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढल्नसक्ने भन्ने हल्ला निराधार रहेको र कांग्रेस एमाले सम्मिलित वर्तमान सत्ता गठबन्धन करिब २ तिहाईको नजिक रहेकाले गठबन्धनलाई खरानीको डल्लो सम्झिने गल्ति नगर्न चेतावनी दिएका थिए। यदि सरकार ढाल्ने कुनै अभ्यास नभएको भए प्रधानमन्त्री स्वयंले किन स्पष्टिकरण दिँदै हिँड्नु पर्थ्यो र भन्ने मानसिकता लगानीकर्ताहरुमा बनि नै रहेको थियो र सोहि समयमा उत्साहजनक ढंगले बढिरहेको बजारमा सेलिङ्ग प्रेसर आउँदा साँच्चिकै सरकार ढल्नै लागेको हो कि भन्ने शंका झन् बढ्न गयो र त्यसले बजारमा थप सेलिङ्ग निम्त्यायो।

२. संस्थागत लगानीकर्ताको सेलिङ्ग:

संस्थागत लगानीकर्ताहरुले आफ्नो वित्तिय विवरणमा सकारात्मक प्रभाव परोस् भन्ने उद्धेश्यले त्रैमासको अन्त्यतिर आफ्नो पोर्टफोलियोमा रहेका कम्पनीहरुको सेयर मूल्य बढाउने प्रयास गर्छन। यसपटक अशोजको २४ गतेदेखि नै दशैंको बिदा परेको थियो र २९ गते मात्रै बजार खुल्यो। २९ र ३० गते दुई दिन बजार राम्रै अंकले बढ्यो। यो दुई दिनको अवधिमा संस्थागत लगानीकर्ताहरुले खरिद चाप बढाए र खासै ठूलो सप्लाई पनि नभएका कारण नेप्से परिसूचकमा राम्रै वृद्धि देखियो। २९ र ३० गते सेयर खरिद गर्ने अधिकांश संस्थागत लगानीकर्ताले ब्रोकरको लिमिट चलाएका थिए। ‘मसान्तमा सेयरको मूल्य बढाउनका लागि संस्थागत लगानीकर्ताहरुले पनि ब्रोकरको लिमिट प्रयोग गरे। उधारो सेटलमेन्टका लागि उनीहरुले सेयर बेच्दा पनि राम्रै सेलिङ्ग प्रेसर देखिएको हो। करिब १ अर्ब बराबरको सेलिङ्ग चाहिँ त्यो प्रकृतिको हुनसक्ने मेरो अनुमान छ’,  ठूलो कारोबार गर्ने एक ब्रोकरका संचालकले बजारको चिरफारलाई बताए।

३. नाफा बुक:

अशोज १३ मा २४४० को बिन्दुसम्म झरेको नेप्से २७८० को बिन्दुसम्म पुग्दा लगानीकर्ताहरु राम्रै नाफामा थिए। सेयर बजारको प्रवित्ति नै के हो भने बजार बढ्दै जाँदा अझै बढेपछि बेच्छु भन्ने मानसिकता अधिकांश लगानीकर्ताले बनाउँछन् तर बजार घट्न थालेपछि भने अझै घट्ला र मुखमा आईसकेको नाफा उम्किएला भन्ने मानसिकताले धेरैले सेयर बेच्न थाल्छन अनि बजारमा सेलिङ्ग प्रेसर देखिन्छ। बिहिबार पनि बजार बढुञ्जेल ढुक्कले बसेका लगानीकर्ताहरु २ बजेपछि जब बजार घट्न थाल्यो अनि त्यहि मानसिकताबाट प्रेरित भए र सेयर बेच्न थाले जसले अन्तिम १ घण्टामा ठूलो सेलिङ्ग प्रेसर देखियो।

अब के होला ?

सेयर अध्येता अम्बिर बोगटी तिहार अघि बजार प्लस माइनस ५० अङ्कको सेरोफेरोमा घुम्नसक्ने बताउँछन्। नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुको पहिलो त्रैमासको रिपोर्ट राम्रो आउनसक्ने देखिएकाले बजारमा खासै गिरावट आउनसक्ने सम्भावना नरहेको उनको विश्लेषण छ। तिहार अघि नेप्से परिसूचक २७०० देखि २८०० को आसपासमा रेञ्ज गर्नसक्ने आंकलन उनले गरेका छन्। रवि लामिछाने पक्राउ परेको खण्डमा केहि प्रभाव पर्ला त भन्ने जिज्ञासामा यतिबेला लामिछाने सभापति रहेको स्वतन्त्र पार्टी सरकारमा नरहेको र लामिछाने पक्राउ पर्दैमा सत्ता समीकरण र राजनीतिक अवस्थामा कुनै तात्विक असर नपर्ने हुँदा त्यसको प्रभाव सेयर बजारमा पर्ने कुनै सम्भावना आफूले नदेखेको उनी बताउँछन्।

सेयर विश्लेषक सुवाष चन्द्र ढुंगानाका अनुसार २७४५ देखि २८०० को सप्लाई जोनबाट सेलिङ्ग प्रेसर देखिएको हुँदा अबको ‘वाच आउट जोन’ भनेको २७३० देखि २७०० हुनेछ। यदि नेप्से परिसूचक २७०० भन्दा तल क्लोज हुन्छ भने बजारमा गिरावटको सम्भावना प्रबल बन्नेछ भने २७००-२७३० को जोनबाट राम्रो बायिङ्ग देखिएको खण्डमा बजार बलियो रुपमा अघि बढ्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर