युनिलिभर नेपालको साधारणसभा भोलि बस्दै , हालसम्मकै धेरै लाभांश पारित गर्ने
युनिलिभर नेपालको ३१ औँ वार्षिक साधारणसभा भोलि बस्ने भएको छ। सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजेदेखि सुरू हुनेछ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रस्ताव गरेको १ हजार ७१४ रुपैयाँ नगद लाभांश पारित गर्नेछ। सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नेछ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरूमा आर्थिक योगदानको लागि पनि प्रस्ताव पारित गर्नेछ।
यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत गरिनेछ। कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज २८ गतेदेखि बुक क्लोज गरिसकेको छ।