मौसम अपडेट: कोशी, बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना
देशभर अहिले आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहिरहनेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।