Advertisement
Ads

मन्त्री पाण्डेले हवाई भाडावृद्धि नियन्त्रण गर्न परराष्ट्रमन्त्री र श्रममन्त्रीसँग गरे छलफल



Advertisement
Ads

  • भैरहवा र पोखराका विमानस्थलमा थप उडान सुरु गर्ने योजनामा सरकार
  • नयाँ दिल्ली विमानस्थलमा लागू गरिएको रोक हटाउने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न पहल गरेका छन्। उनले परराष्ट्रमन्त्री आरजू राणा देउवा र श्रम मन्त्री सरतसिंह भण्डारीसँग छलफल गर्दै नयाँ दिल्ली विमानस्थलमा लागू गरिएको रोक हटाउने र भैरहवा गौतमबुद्ध विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने विषयमा समेत कुराकानी गरेका छन्।

छलफलमा वैदेशिक रोजगार व्यवसायीहरूले विमान कम्पनीहरूमा कार्टेलिङको आरोप लगाए र सरकारले कडा कदम चाल्नुपर्ने बताए। हवाई टिकटमा अस्वाभाविक वृद्धि भएको विषयमा व्यवसायीहरूले ध्यानाकर्षण गराएका थिए। मन्त्री राणाले हवाई टिकट कटौती गर्दा सरकारलाई घाटा भएको र तत्काल यात्रुहरूको सुविधा सुनिश्चित गर्न दूतावासमार्फत पहल गर्ने बताए।

मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट उडानको समर्थन गर्दै हवाई टिकटमा मूल्यवृद्धिका कारण पर्यटक र श्रमिकहरूलाई समस्या परेको बताए। मन्त्री पाण्डेले त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तारका कारण आन्तरिक उडानको टिकट मूल्य वृद्धि भएको र पोखरा र भैरहवा विमानस्थलमा फ्लाइट डाइभर्ट गर्न थालिएको जानकारी दिए।


Advertisement

व्यवसायीहरूले भने सरकारलाई आवश्यक समयमा कडा निर्णय लिन आग्रह गरेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर