मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर वापतको कर जम्मा गर्न आग्रह



Advertisement
Ads

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ प्रतिशत बोनस सेयर वापतको कर जम्मा गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई मनकामना लघुवित्तको नामबाट २०७७ साल साउन ११ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । एकिकृत कारोबारपछि सेयर खरीद गरेका वा आईपीओ बाँडफाँटमा परी हालसम्म सेयर कायम गरेका सेयरधनीहरूको हकमा बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैले तिनुपर्ने व्यवस्था बमोजिम कम्पनीले कर तिर्न अनुरोध गरेको हो ।


Advertisement

सेयरधनीले यस संस्थाको सेयर रजिष्टर्ड एनएमबि क्यापिटल सम्पर्क गरी कर बापतको रकम एकिन गरेर एनएमबि बैकमा रहेको मनकामना स्मार्ट लघुवित्तको खाता नम्बर ०७८००६६१२८३०००१२ मा उक्त रकम जम्मा गर्नु पर्नेछ । त्यसपछि रकम बुझाएको भौचर संस्थाको ई–मेल [email protected] मा  पठाउनुपर्ने संस्थाले जनाएको छ।। सम्बन्धित सेयरधनीहरूले कर वापत्को रकम जम्मा गरेपछि मात्र बोनस सेयर हितग्राही खातामा जम्मा हुनेछ ।

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर