मनकामना केबलकार पुनः नियमित सञ्चालनमा



Advertisement
Ads

गोरखा – मर्मत सम्भारका लागि अस्थायी रूपमा बन्द गरिएको मनकामना केबलकार पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो।

यस अवधिमा केबलकारको आवश्यक मर्मत सम्भारका साथै लठ्ठा छोट्याउने कार्यसमेत सम्पन्न गरिएको थियो। प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्न आउने दर्शनार्थीहरूको सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।


Advertisement

चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा रहेको बटम स्टेसनमार्फत गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिरसम्म केबलकार सेवा उपलब्ध छ जसले हजारौँ भक्तजनलाई सुविधा प्रदान गर्दै आएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर