भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, भाइटीकाको दिन वर्षा हुने सम्भावना



Advertisement
Ads

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीका लगाउनका लागि उत्तम साइत रहेको छ।

पश्चिम मोहडा गरेर टीका लगाउन समितिले सुझाव दिएको छ। यस वर्ष भाइटीकाकै दिन देशका विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ। आइतबार विशेषगरी कोशी प्रदेशका जिल्लामा, र सोमबार मधेश, बागमती, र गण्डकी प्रदेशमा वर्षा हुने देखिएको छ।


Advertisement

यसैदिन नेवार समुदायले मनाउने किजापूजा पनि गर्नुपर्ने जनाइएको छ।

तिहारको समय तालिका

कात्तिक १३ गते, मंगलबार: यमपञ्चक सुरु
कात्तिक १४ गते: काग तिहार
कात्तिक १५ गते: कुकर तिहार र लक्ष्मीपूजा (साँझ)
कात्तिक १६ गते: औंशी
कात्तिक १७ गते, शनिबार: गाई र गोरु तिहार
कात्तिक १८ गते, आइतबार: भाइटीका

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर