ब्रोकर कमिसन घटाउने कुरा ‘स्टन्ट’ मात्रै हो, ‘इस्यु डाइभर्ट’ गर्न ल्याइएको विषय हो – कार्यकारी अध्यक्ष, भिजन सेक्युरिटिज 



Advertisement
Ads

भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) का कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले ब्रोकर कमिसन घटाउने कुरा स्टन्ट मात्रै भएको बताएका छन्। बजारको चिरफारको नयाँ कार्यक्रम चिरफार बहसमा बोल्दै तिमिल्सिनाले अन्य थुप्रै नीतिगत परिवर्तन गरिनुपर्ने कुराहरुलाई चाहिँ सम्बोधन नगर्ने तर ब्रोकर कमिसनको कुरा बारम्बार ल्याईरहने कुरालाई ‘इस्यु डाइभर्ट’ को संज्ञा दिएका हुन्।

‘१०% कमिसन घटेर न लगानीकर्ता साथीहरुलाई खासै फरक पर्छ न त ब्रोकरको रुपमा मलाई नै खास असर पर्छ। बजारले यतिबेला खोजेको कुरा अर्कै हो। नीतिमा सुधार हो। तर यी सबै कुराहरुलाई पन्छ्याउँदै ब्रोकर कमिसन घटाउने कुरा ल्याएर इस्यु डाइभर्ट गर्न खोजिएको छ।’


Advertisement

ब्रोकर कमिसन घट्दैमा नेप्से परिसूचक २३०० माथि जाने सम्भावना नरहेको बताउँदै बजार २३०० माथि जान नीतिमै परिवर्तन हुनुपर्ने राजकुमार तिमिल्सिनाले गरे।

सोहि कार्यक्रममा बोल्दै लगानीकर्ता अम्बिर बोगटीले भोलुममा कारोबार हुने अवस्था बनाएर मात्रै ब्रोकर कमिसन घटाउनेतर्फ लाग्नुपर्ने बताए। नयाँ ब्रोकरहरु थपिएर ग्राहक बाँडिएको अहिलेको अवस्थामा अलि ठूलो भोलुममा कारोबार नहुँदा ब्रोकरहरुलाई अप्ठेको परेको संकेत गर्दै बोगटीले नीतिगत सुधार गरी ठूलो भोलुममा कारोबार हुने वातावरण बनाईनुपर्ने बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर